निर्वाचन आयोगमा चर्काचर्की
- वर्ल्ड दैनिक
- २ साल अघि
- २१४ पटक पढिएको
निर्वाचन आयोगले दलहरुलाई आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन बोलाएको छलफलमा चर्काचर्की भएको छ।

मंगलवार स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन बोलाएको छलफलमा चर्काचर्की भएको हो। आयोगले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन गर्दैछ ।
आयोगले कुनै छलफल नगरी आचारसंहिता पालना गर्ने लिखित प्रतिबद्धतामा हस्ताक्षर गर्न खोजेको भन्दै विभिन्न दलले विरोध गरेका हुन्।
दलहरुले विरोध गर्न थालेपछि केहीबेर बैठक प्रभावित भएको थियो । आयोगले दलका नेता तथा प्रतिनिधिलाई छलफलका लागि आमन्त्रण गरेको भए पनि केही पार्टीका अध्यक्ष र केन्द्रीय सदस्यसमेत उपस्थित रहेको भन्दै केही दलले आपत्ति जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस