भारतमा पेट्रोल-डिजलको मूल्य प्रति लिटरमा ८० पैसाले वृद्धि
- वर्ल्ड दैनिक
- २ साल अघि
- ११४ पटक पढिएको
पछिल्लो समयमा पेट्रोल र डिजेलको मूल्य दिन प्रतिदिन वृद्धि भईरहेको छ। भारतमा पेट्रोल र डिजलको मूल्य सोमबार प्रति लिटरमा ८० पैसाले वृद्धि भएको छ ।
विगत २ हप्ताको पृष्ठभूमि हेर्ने हो भने २ सातामा पेट्रोल–डिजलको मूल्य प्रतिलिटर कुल ९.२० रुपैयाँले इन्धन मुल्यमा वृद्धि भइसकेको छ । सरकारी इन्धन खुद्रा बिक्रेताले जारी गरेको नयाँ मूल्यअनुसार दिल्लीमा पेट्रोलको मूल्य १०३.८१ भारतीय रूपैयाँबाट बढेर १०४.७१ रुपैयाँ पुगेको छ ।
त्यस्तै, डिजेलको मूल्य ९५.०७ रुपैयाँबाट बढेर प्रति लिटर ९५.८७ रुपैयाँ कायम भएको छ।
प्रतिक्रिया दिनुहोस