सुनको मूल्य तोलामा आज १०० रुपैयाँको वृद्दि
- वर्ल्ड दैनिक
- २ साल अघि
- १२७ पटक पढिएको
सुनको मूल्य तोलामा आज १०० रुपैयाँको वृद्दि आएको छ। सुनको मूल्य आज १०० रुपैयाँले बढेर ९८ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा १०० ले बढेर तोलाको ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबारको तुलनामा मंगलबार तोलामा १०० सय रुपैयाँले वृद्दि आएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोलामा ९८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य बढे तापनि चाँदीको मूल्य भने घटेको छ ।
मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १३ सय ५० रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस