निर्वाचनको तयारी र अनुगमन गर्न कांग्रेस नेता पौडेलको संयोजकत्वमा समिति गठन

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २४४ पटक पढिएको

सत्तारुढ गठबन्धनले स्थानीय निर्वाचनको तयारी र अनुगमन गर्न कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गरेको छ । पौडेलको संयोजकत्वमा मंगलबार बिहान बसेको गठबन्धनको बैठकले आगामी स्थानीय निर्वाचनको तयारी र अनुगमन गर्न गठन गरेको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो तीन दिने भारत भ्रमणका उपलब्धिबारे सत्तारुढ गठबन्धनलाई जानकारी गराए । देउवाले भ्रमणले दुई देशबीचको सम्बन्धमा थप सुधार भएको दाबी गरे । बैठकले प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा–माओवादी केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा–माओवादी केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस नेता रामचन्द्र पौडेलको सहभागिता रहेको थियो।

यसअघि चैत्र १७ गते बसेको गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिकाबीच समन्वय गर्ने निर्णय गरेको थियो । सत्तारुढ दल एमाले विरुद्ध गठबन्धन बनाएर अगाडि बढ्ने तयारीमा छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित