मच्छिन्द्र फुटबल क्लबले श्रीलंकाको क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दै

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १२० पटक पढिएको

एएफसी कप छनोट–२०२२ को प्लेअफमा मच्छिन्द्र फुटबल क्लबले श्रीलंकाको क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा बेलुका ५ बजे मछिन्द्र र ब्लु स्टारबीच प्रतिस्पर्धा हुनेछ ।

मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवालले भने, ‘घरेलु मैदानमा खेल छ, समूह चरणमा पुग्ने लक्ष्य छ, दबाब छ, यो अन्तर्राष्ट्रिय खेल हो ।

क्लब लाइसेन्स नभएको कारण अघिल्लो पटक मछिन्द्रले छनोटको मौका गुमाएको थियो । मछिन्द्रको स्थानमा त्रिभुवन आर्मी क्लबले खेलेको थियो ।

यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग प्रतिष्पर्धा गर्नेछ। खेल अप्रिल १२ मा हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित