नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनको लागि मतगणना सुरु
- वर्ल्ड दैनिक
- २ साल अघि
- १०२ पटक पढिएको
नेपाल बार एसोसिएसनको २६ औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनको लागि मतगणना शुरु भएको छ । मतगणना काठमाडौंसहित देशैभरीका ३४ मतदान केन्द्रवाट मतपेटिका राजधानी आएलगत्तै आज बिहान ९ बजेदेखि शुरु भएको हो ।
बारको २६ औँ केन्द्रीय कार्यसमितिका अध्यक्षसहित ११ पदाधिकारीसहित २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ अधिवक्ताहरू मतदाताले मतदान प्रक्रियामा सहभागी भएका थिए । बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूह र नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहबीच मुख्य प्रतिस्पर्धा रहेको छ।
प्रतिक्रिया दिनुहोस