नेप्सेमा १४ अंकको गिरावट

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०० पटक पढिएको

सोमबार अर्थात साताको दोस्रो दिन शेयर कारोबार मापक नेप्से परिसूचक १४ अंकले घटेको छ । सोमबार कारोबार समयदेखि नै घट्न थालेको नेप्से १४ अङ्कले घटेर २४९८ अंकको बिन्दुमा कायम भएको छ । परिसूचक १४ अंकले घटेसँगै ०.५९ प्रतिशतको गिरावट आएको छ। 

आज कारोबार अवधिभरमा ३४ लाख २९ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आज सोमबार नेप्सेका १३ वटै समुहमा गिरावट आएको छ ।  निर्जीवन बीमा कम्पनी समूहमा २०० अंक, जीवन बीमा समूहमा ११७ अंक,  व्यापार समूहमा ३२ अंक, विकास बैंक समूहमा २४ अंक, तथा जलविद्युत समूहमा २२ अंकको गिरावट आएको छ । 

सोमबार बजार घटेपनि नेष्डो लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर लगानीकर्ताले  प्रतिशतका हिसाबले सबैभन्दा बढी कमाएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित