सुनको मुल्य प्रतितोलामा आज ६०० रुपैयाँले गिरावट
- वर्ल्ड दैनिक
- २ साल अघि
- २६९ पटक पढिएको
नेपाली बजारमा आज सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर आज ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा ६०० ले घटेर तोलाको ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबारको तुलनामा सोमबार तोलामा ६०० सय रुपैयाँले गिरावट आएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ ।
सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १३ सय ६० रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस