त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको उपाधि नेपालालाई

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २४७ पटक पढिएको

त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनल नेपालाले जितेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले हराउँदै नेपालले सिरिजको उपाधि हात पारेको हो । 

टस हारेर ब्याटिङ्ग गरेको नेपालाले २० ओभरमा ६ विकेट गुमाएर पीएनजीसामु १ सय ६९ रनको लक्ष्य पस्किएको थियो । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अविजित रहदै ३८ बलमा ५४ रनको अर्धशतकीय इनिङ खेले । आक्रामक ब्याटिङ गरेका करण केसीले १२ बलमा ३३ रन बनाए ।

दिपेन्द्र र करणको अन्तिम २४ बलमा ५४ रनले नेपालको स्कोर राम्रो बनेको थियो ।

नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १७ ओभरमा अलआउट हुँदै १ सय १८ रनमा सिमित भयो । पीएनजीका लागि बाउले अर्धा शतकको योगदान गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित