भारतमा पेट्रोल-डिजलको मूल्य प्रति लिटरमा ४० पैसाले वृद्धि

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १७७ पटक पढिएको

पछिल्लो समयमा पेट्रोल र डिजेलको मूल्य दिन प्रतिदिन वृद्धि भईरहेको छ। भारतमा पेट्रोल र डिजलको मूल्य सोमबार प्रति लिटरमा ४० पैसाले वृद्धि भएको छ ।

विगत २ हप्ताको पृष्ठभूमि हेर्ने हो भने २ सातामा पेट्रोल–डिजलको मूल्य प्रतिलिटर कुल ८.४० रुपैयाँ वृद्धि भइसकेको छ ।  दिल्लीमा पेट्रोलको मूल्य अब १०३.८१ भारु कायम भएको  सरकारी तेल कम्पनीले सूचना जारी गरेको छ।

त्यस्तै डिजलको मूल्य ९४.६७ रुपैयाँ प्रति लिटरबाट बढेर ९५.०७ भारु कायम भएको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित