राष्ट्र बैंकले आज ट्रेजरी बिल बाँडफाँड गर्ने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २४३ पटक पढिएको

नेपाल राष्ट्र बैंकले भोलि अर्थात् चैत २२ गतेदेखि जारी गरिने ट्रेजरी बिल आज सोमबार बाँडफाँड गर्ने भएको छ । 

कुल ३२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल आज दिउसोको ३ बजे बाँडफाँड गर्ने बैंकले जनाएको हो ।  बैंकले गत चैत २ गतेदेखि २१ गतेसम्म ट्रेजरी बिल खरिदका लागि सार्वजनिक आह्वान गरेको थियो । २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिममा कुल ३२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको बैंकले कुल बिलको अधिकतम ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत विना प्रतिस्पर्धात्मक प्रणालीबाट बाँडफाँड गरिने जनाएको छ ।

२१ दिनका लागि २ अर्ब, ९१ दिनका लागि ९ अर्ब १० करोड, १८२ दिनका लागि १० अर्ब र ३६४ दिनका लागि ११ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित