मुस्ताङमा साहसीक एडभेन्चर कार ट्रिप सुरु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २९६ पटक पढिएको

पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ मुस्ताङमा साहसीक एडभेन्चर कार ट्रिप सुरु भएको छ । मुस्ताङको पर्यटन विकासमा अझै बढी योगदान गर्ने उद्देश्यले गोल्छा अर्गानाइजेसन (जीओ फोर्स) कम्पनी तथा यति कियर्स संस्थाले साहसीक एडभेन्चर ट्रिपको आयोजना गरेको हो।

मुस्ताङमा सन् २०१८ देखि गोल्छाअन्तर्गत जीओ फोर्ड र यति कियर्सले यसप्रकारको साहसी एडभेन्चर ट्रिप सुरु गरेको थियो।

कोरोनाका कारण जियो फोर्डले २०१९ पछि दुईवटा संस्करण ल्याउन सकेको थिएन । जियो फोर्ड एडभेन्चरका प्रबन्धक युवराज सिटौलाले कोरोना प्रकोप कम हुँदै गएकाले अहिले जियो फोर्डले साहसिक यात्रा सुरु गरेको जानकारी दिए । उनका अनुसार तल्लो मुस्ताङ, मध्य मुस्ताङ र माथिल्लो मुस्ताङमा साहसिक यात्रा सुरु हुनेछ।

व्यवस्थापक सिटौलाले गत शनिबार अप्रिल २ तारिख देखि ७ तारिखसम्म जीओ फोर्डले एकहप्ता एडभेन्चर आयोजना गर्न ५० जनाको एडभेन्चर टोली मुस्ताङ आएको बताएका छन् । साहसीक एडभेन्चरअन्तर्गत फोर्डको टोलीले र्‍यालीसहित १८ वटा फोर्डमा आवद्ध गाडीहरु मुस्ताङ आएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित