नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अछाममा गठबन्धन गर्ने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २९३ पटक पढिएको

अछाममा स्थानीय तह निर्वाचनमा क्रियाशिल ३ राजनीतिक दलले गठबन्धन गर्ने भएका छन् ।

अछामका १० वटै स्थानीय तहका सबै ९१ वटै वडामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गर्ने निर्णय गरेका हुन्।

कांग्रेस जिल्ला सभापति पुष्पबहादुर शाह, माओवादी केन्द्रका जिल्ला संयोजक रबिन्द्र साउँद र एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हिरण्ड भट्टराईले निकालेको संयुक्त विज्ञप्तिमा केन्द्रिय गठबन्धनलाई आत्मसात गर्दै आगामी स्थानीय तह निर्वाचन २०७९ मा जिल्लाको १० वटै स्थानीय तह र ९१ वटै वडाहरुमा गठबन्धन अघि बढाउन हामी ऐक्यवद्ध छौं भनिएको छ।

गठबन्धनको मर्म र भावना अनुसार उनीहरुले स्थानीय तहका कमिटी र कार्यसमितिहरुलाई अघि बढ्न अनुरोध गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित