आज २३ जना संक्रमित थपिए, मृत्यु शून्य
- वर्ल्ड दैनिक
- २ साल अघि
- १६९ पटक पढिएको
नेपालमा कोरोना संक्रमण दर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ६ हजार ९ सय ९ जनाको कोभिड परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोहि अवधिमा कोरोनाका कारण आज मृत्यु हुनेको संख्या सुन्य रहेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ८ सय ९९ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ पुगेको छ ।
त्यस्तै आज ३० हजार ४ सय ४८ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।
अहिले कोरोना संक्रमणबाट मुक्त्त हुने दर ९८.७% रहेको छ ।
प्रतिक्रिया दिनुहोस