महिला विश्वकपको उपाधि अष्ट्रेलियालाई
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३७२ पटक पढिएको
अष्ट्रेलियाले सन् २०२२ संस्करणको आईसीसी महिला विश्वकपको उपाधि हात पारेको छ । अष्ट्रेलियाले फाइनलमा इंग्ल्यान्डलाई पराजित गर्दै च्याम्पियन बनेको हो ।
क्रिष्टचर्चमा भएको फाइनल खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई ७१ रनले पराजित गरेको हो। यो जित सहित अष्ट्रेलियाले ७ पटक विश्वकप जितेको छ।
विश्वकपका सबै ९ खेलमा अष्ट्रेलिया विजयी भएको थियो ।
३ सय ५७ रनको लक्ष्य पाएको इंग्ल्यान्डले ४३ ओभर ४ बलमा २ सय ८५ रन बनाउँदा अलआउट हुन पुग्यो। इंग्ल्यान्डका लागि नाट सिभरले शतक प्रहार गरेकी थिन् । उनले १ सय २१ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै १ सय ४८ रन बनाएकी थिन् ।
अष्ट्रेलियाको जितको लागि एलना किङ र जेस् जोनासेनले समान ३३ तथा मेगन चुटले २ विकेट लिए ।
टस हारेर ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५७ रन बनायो । अष्ट्रेलियाका लागि एलेस्या हिएलेले १ सय १७ रनको योगदान गरिन् ।
यसैगरी रचेल हयनेसले र बेथ मोनी दुबैले अर्धशतक प्रहार गरेका थिए ।
यसअघि अष्ट्रेलियाले सन् १९७८, सन् १९८२, सन् १९८८, सन् १९९७, सन् २००५ र सन् २०१३ मा विश्वकप उपाधि जितेको थियो ।