डब्यूएचओद्वारा ओमिक्रोनको नयाँ उत्परिवर्ती ‘XE’ (एक्सई) संस्करण विरुद्ध चेतावनी जारी
- वर्ल्ड दैनिक
- २ साल अघि
- २४२ पटक पढिएको
विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)ले ओमीक्रोनको नयाँ उत्परिवर्ती ‘XE’ संस्करण विरुद्ध चेतावनी जारी गरेको छ । पुराना भेरियन्ट मिलेर बनेको ‘एक्सई (XE) रिकम्बिनेन्ट’ बेलायतमा फेला परेको हो ।
यो पहिलेका भेरियन्टभन्दा पनि निकै सङ्क्रामक रहेको बताइएको छ । उक्त नयाँ भेरियन्ट गत जनवरी १९ मा बेलायतमा फेला परे यता ६ सयभन्दा बढीमा यसको सङ्क्रमण पुष्टि भइसकेको डब्लूएचओले जानकारी दिएको छ । बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए) ले हालसम्म सार्स–कोभ–२ भेरियन्टका तीन नयाँ रिकम्बिनेन्ट्स (पुराना भेरियन्टहरु मिलेर बनेको नयाँ भेरिन्यन्ट) पत्ता लगाएका छन् । जसमा एक्सएफ, एक्सई र एक्सडी रहेका छन् ।
बेलायतमा हालसम्म एक्सई भेरियन्टका ६३७ केस फेला परिसकेका छन् । रिपोर्टका अनुसार यो नयाँ भेरियन्ट सबैभेरियन्ट भन्दा १० प्रतिशत बढी ट्रान्समिसिबल समेत रहेको छ ।