ब्राजिलमा बाढी पहिरोका कारण कम्तीमा १४ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २९१ पटक पढिएको

ब्राजिलको दक्षिणपूर्वी राज्य रियो दि जेनेरियोमा केही दिनदेखि परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी सात बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

अबिरल वर्षा पछिको बाढी पहिरोमा अझै ५ जना बेपत्ता भएका छन् । दुई दिनको भारी वर्षाले दक्षिणपूर्वी राज्यको एटलान्टिक तटको ठूलो भाग प्रभावित भएको छ भने आगामी दिनमा अझै धेरै बर्षा हुने अनुमान गरिएको छ । उद्धार कार्यमा सघाउन संघीय सरकारले सैन्य विमान पठाएको राष्ट्रपति जैर बोल्सोनारोले बताएका छन् ।

६ साताअघि पेट्रोपोलिस सहरमा अबिरल वर्षापछिको बाढी पहिरोमा २३३ जनाको मृत्यु भएको थियो ।  बीबीसीबाट 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित