ऐरीको सफल शल्यक्रिया

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०७ पटक पढिएको

आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले फास्ट बलर कमल सिंह ऐरीको सफल शल्यक्रिया गरिएको जनाएको छ ।

कलंकीस्थित नेपाल नेसनल अस्पतालमा आइतबार बिहान कमलको शल्यक्रिया भएको हो ।

कमललाई ठिक हुन करिब ६ हप्ता लाग्ने बताइएको छ । उनलाई पुरै ठिक हुन ६ हप्ता लाग्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेल मलेसियाविरुद्ध शनिबार कमल चोटबाट ग्रसित भएका थिए । मलेसियाविरुद्ध फिल्डिङ गर्ने क्रममा उनले काँधमा चोट लागेको थियो ।

सिरिजमा नेपालले लगातार चौँथो जित निकाल्दै फाइनल प्रवेश गरेको छ । उपाधिको लागि सोमबार नेपालले पपुवा न्युगिनीसँग खेल्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित