सुनको मुल्य प्रतितोलामा ४०० रुपैयाँले गिरावट

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३७१ पटक पढिएको

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ। सुनको मूल्य ४०० सय रुपैयाँले घटेर आज ९९ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार ९९  हजार ७०० सय रुपैयाँमा कारोबार  भइरहेको सुन आज तोलामा ४०० ले घटेर तोलाको ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारको तुलनामा आइतबार  तोलामा ४०० सय रुपैयाँले गिरावट आएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोलामा ९८ हजार ८०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।  आइतबार चाँदीको मूल्य भने स्थिर छ ।

शुक्रबार १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ ।  

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित