एमाले बागमतीले चैतभित्रै उम्मेदवार छनोट गर्ने
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३४४ पटक पढिएको
एमाले वाग्मती प्रदेशले चैत महिनाभित्रै गाउँपालिका, नगरपालिका र वडाका उम्मेदवार छनोट गर्ने गृहकार्य थालेको छ । एमाले वाग्मतीले शनिबार परिपत्र जारी गर्दै वडा र नगरपालिकाका उम्मेदवारको नाम प्रदेश कमिटीमा पठाउन जिल्ला कमिटीलाई आग्रह गरेको छ ।

एमाले वाग्मती अध्यक्ष केशव पाण्डेले चैत २३ भित्र वडा समितिको बैठक बसेर सहमतिका आधारमा वडा अध्यक्ष र सदस्य चयन गर्न निर्देशन दिएका छन् । सहमति नभएमा वडाध्यक्षमा महिला बाहेक अन्य सम्भावित उम्मेदवारमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न भनिएको छ ।
त्यसैगरी महानगर, उपमहानगरपालिका,नगरपालिकाका प्रमुख,उपमेयर र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षको नाम छनोट नगर समितिले २५ दिनभित्र सर्वसम्मतिको आधारमा गरिसक्नुपर्नेछ। परिपत्रमा तीन जनाको नाम सिफारिस गरी जिल्ला समितिमा पठाउन निर्देशन दिइएको छ ।
विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित वा पराजित भएका नगरपालिकाका मेयरउपमेयर, प्रमुखउपप्रमुख र वडाध्यक्षको विवरण चैत २३ गतेभित्र प्रदेश कार्यालयमा पठाउन पनि परिपत्रले तल्लो समितिलाई निर्देशन दिएको छ ।