देउवालाई मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरे
- वर्ल्ड दैनिक
- २ साल अघि
- २२८ पटक पढिएको
अहिले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा छन् । उनि अहिले उत्तर प्रदेशको बनारस पुगेका छन् । एयर इण्डियाको जहाजमार्फत् बनारस पुगेका प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन् ।
बनारसमा मुख्यमन्त्री आदित्यनाथले प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्ता पश्चात प्रधानमन्त्री देउवाले त्यहाँका मन्दिरहरुमा दर्शन गर्ने र नेपाली धर्मशालामा जाने कार्यक्रम रहेको छ ।
भारतीय समयअनुसार अपराह्न सवा चार बजे उनि नयाँदिल्लीबाट काठमाडौं प्रस्थान गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस