दीपेन्द्रको शतकमा नेपालको लगातार चौथो जित

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १८३ पटक पढिएको

त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले मलेसियालाई ८५ रनले हराउँदै लगातार चौथो जित निकालेको छ । टस हारेर ब्याटिंङ् गरेको नेपालले मलेसियालाई २२४ रनको लक्ष्य दिएको थियो ।

निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै नेपालले २२३ रन जोडेको थियो। नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा मलेसिया १९.५ ओभरमा अल आउट हुँदै १३८ रनमा अल आउट भएको हो । नेपालको जितका लागि सन्दिप लामिछानेले ३ विकेट लिए भने कमलसिंह ऐरी र दिपेन्द्रसिंह ऐरीले समान २।२ विकेट लिएका थिए ।

नेपाल यसअघि नै फाइनलमा प्रवेश गरेको छ। अब फाइनल खेल सोमबार त्रिवि क्रिकेट मैदानमा हुने भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित