राप्रपाका अध्यक्ष कमल थापाद्वारा दुई प्रदेश अध्यक्ष चयन
- वर्ल्ड दैनिक
- २ साल अघि
- १५५ पटक पढिएको
राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुई प्रदेशमा पार्टी अध्यक्ष मनोनीत गरेका छन् । पार्टीको विधानबमोजिम अध्यक्ष थापाले प्रदेश १ मा झापाका बासुदेव भट्टराई र लुम्बिनी प्रदेशमा रुपन्देहीका गणेश पौडेललाई प्रदेश अध्यक्षमा मनोनयन गरेका हुन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै राप्रपा नेपालका प्रवक्ता वसन्तमानसिंह अधिकारीले दुईवटा प्रदेशमा पार्टी अध्यक्ष मनोनयन गरिएको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस