नेपाल बार एसोसिएसनको २६ औँ केन्द्रीय कार्यसमितिको लागि मतदान सुरु
- वर्ल्ड दैनिक
- २ साल अघि
- १०९ पटक पढिएको
नेपाल बार एसोसिएसनको २६ औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनको लागि मतदान शुरु भएको छ । मतदान आज बिहान आठ बजेदेखि शुरु भएको हो।

नेपाल बार एसोसिएसन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार उपत्यकाको काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट एकसाथ मतदान प्रारम्भ भएको छ । मतदान अपराह्न ४ बजे सम्पन्न हुने भएको छ । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि निर्वाचन हुनेछ भने निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाता रहेका छन् ।
त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका छन् ।
प्रतिक्रिया दिनुहोस