नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३०१ पटक पढिएको

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवा भारत सरकारको निमन्त्रणामा नयाँदिल्ली प्रस्थान गरेपछि अध्यक्ष देउवाले उपसभापति खड्कालाई पार्टीको कार्यवाहक सभापतिमा नियुक्त गरेका हुन्।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । अन्नपुर्ण पोस्ट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित