पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पद धरापमा
- वर्ल्ड दैनिक
- २ साल अघि
- १५९ पटक पढिएको
पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पद धरापमा परेको छ। प्रधानमन्त्री खानलाई सत्ताबाट हटाउन पछिल्लो समय विपक्षीहरू एक हुँदै गएका छन् ।
तहरिक–ए–इस्लाम पार्टीसँगै गठबन्धनमा आबद्ध मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान (एमक्यूएम–पी) बुधबार विपक्षमा लागेपछि इमरानको राजनीतिक जीवनमा सबैभन्दा ठूलो चुनौती आईपरेको हो। यसैबीच प्रधानमन्त्री खानले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै संसद्ले आफ्नो भाग्य निर्धारण गर्ने बताएका छन् ।
पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) अध्यक्ष बिलावल भुट्टो जर्दारीले खान नेतृत्वको सरकारले बहुमत गुमाइसकेको र अब विपक्षी दलका नेता सेहबाज सरिफ चाँडै प्रधानमन्त्री बन्ने बताइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस