लुम्विनी प्रदेशमा पहिलोपटक जलयात्रा
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३३५ पटक पढिएको
लुम्विनी प्रदेशमा पहिलोपटक जलयात्रा सुरु भएको छ। शुक्रबार लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले जलयात्राको शुभारम्भ गरेका हुन्।
![](https://worlddainik.com/wp-content/uploads/2022/06/dhara.gif)
मन्त्री चौधरीले जलयात्रा सफल भएको र यसलाई व्यवसायिक बनाइने बताए। प्रदेशका ५ स्थानमा जलयात्रा सन्चालन गरिने उनले बताए। शुक्रबारदेखि सोहि योजना अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका-१ कुसुम बैरियादेखि अगैयासम्म राप्ती नदीमा साहसिक जलयात्रा (र्याफ्टिङ) सञ्चालनमा आएको हो।
पर्यटन डिभिजन कार्यालय बाँकेले राप्ती सोनारी गाउँपालिकासँगको सहकार्यमा र्याफ्टिङ सञ्चालनमा ल्याएको हो।
प्रतिक्रिया दिनुहोस