प्रधानमन्त्री देउवा भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३०३ पटक पढिएको
प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा तीन दिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शुक्रबार भारत भ्रमणमा निस्केका हुन् ।
उनी नेपाल एयरलायन्सको विमानमार्फत पत्नी आरजु राणा, उर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा लगायत चार मन्त्री सहित भारत भ्रमणमा गएका हुन् । प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा नेपाली सेनाको टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।
प्रधानमन्त्री देउवालाई बिदाई गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण लगायतका अधिकारीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । देउवा यसअघि पनि भारत भ्रमणको तयारीमा थिए । तर, कोरोनाका कारण कार्यक्रम नै स्थगित भएपछि भ्रमण रद्ध भएको थियो ।