उपत्यकामा बढ्यो प्रदूषण
- वर्ल्ड दैनिक
- २ साल अघि
- १९४ पटक पढिएको
पछिल्लो एक हप्तामा उपत्यकामा वायु प्रदूषण बढेको छ। हावा नै नचलेका कारण वायुमण्डमा प्रदूषण थुप्रिएको विज्ञहरूको भनाई छ । प्रदूषण जम्मा भएर बसिरहेकाले उपत्यकामा धुम्म र अँध्यारोसमेत भएको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह–प्राध्यापक विनोद पोखरेलले जनाएका छन् ।

हावाहुरी नचल्दा प्रदूषण बढेको छ । यो प्रदूषण हट्न ठूलै पानी पर्नुपर्ने पोखरेलको भनाई छ । उपत्यकाको प्रदूषण बढ्नुमा छिमेकी देश भारतको पनि ठुलो हात रहेको उनले बताए ।
स्वस्थ्यका हिसाबले शून्यदेखि ५० एक्युआईलाई राम्रो मानिन्छ। १५० भन्दा माथिको एक्युआईलाई अस्वास्थ्य मानिन्छ । एक्युआई २ सयसम्म पुगेपछि संवेदनशील समूहलाई असर गर्छ। ३ सय एक्युआई सबैका लागि जोखिमयुक्त र त्योभन्दा माथिलाई आपतकालीन नै मानिन्छ। तर, यतिबेला काठमाडौंको प्रदूषण २ सय एक्युआई पुगेको छैन। बिहीबार बिहान १० बजे १ सय ७२ सम्म पुगेको र बेलुका १ सय ५९ मा झरेको पोखरेलले बताए। पानी अथवा हावा नचलेसम्म यो प्रदूषण रहने उनी बताउँछन्। अन्नपुर्ण पोस्ट