दक्षिण कोरियामा सेनाको ट्रेनर विमान दुर्घटना

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०२ पटक पढिएको

दक्षिण कोरियामा वायु सेनाको ट्रेनर विमान दुर्घटनामा परेको छ। योनहाप सञ्चार एजेन्सीका अनुसार दक्षिण कोरियाको दक्षिणपूर्वी शहरमा विमान दुर्घटना भएको हो ।

दिउँसो १ः३६ बजे राजधानी सियोलबाट करिब ४४० किलोमिटरको दुरीमा रहेको सासियोनको धानबारीमा विमान दुर्घटना भएको थियो ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । उद्दारका लागि फायर फाइटरहरूले घटनास्थलमा दुई हेलिकप्टर, १४ सवारी साधन र ३५ चालक दलका सदस्यहरू पठाएका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित