सुर्तीजन्य पदार्थमा कर बढाउन सुझाव
- वर्ल्ड दैनिक
- २ साल अघि
- ९४ पटक पढिएको
विज्ञहरुले स्थानीय निकायको निर्वाचनको सन्दर्भमा तयार पारिने घोषणापत्रमा सुर्तीजन्य पदार्थमा कर बढाउन सुझाव दिएका छन् । बिहीबार काठमाडौंमा नेपाल क्यान्सर रोकथाम सङ्गठनले आयोजना गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा चिकित्सकले सुर्तीजन्य पदार्थमा कर बढाउन सुझाव दिएका हुन् ।
वर्षेनी हुने गरेको ४० अर्ब रुपैयाँको आर्थिक क्षतिलाई कम गर्ने सुर्तीजन्य पदार्थको सेवन र व्यापारलाई उचित नियन्त्रण गर्न सुझाव दिइएको थियो। आउँदो आर्थिक वर्षको बजेटमा गत वर्षको निर्णयलाई समेट्दै सुर्तीजन्य पदार्थमा लाग्ने करलाई अझ प्रभावकारी बनाउन ३५ देखि ६० प्रतिशतले वृद्धि गरी कम्तिमा पनि भारतको स्तरमा पुर्याउन पनि विज्ञले सुझाव दिएका हुन्।
प्रतिक्रिया दिनुहोस