रुसले आफ्नो सेनालाई पुनर्गठन गर्‍यो : नेटो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ७१६ पटक पढिएको

युक्रेनमा रहेका रुसी सेनाले पूर्वी युक्रेनमा आक्रमण गर्न पुनः एकजुट भएको नेटोले जनाएको छ । रुसले आफ्नो सेनालाई पुनर्गठन गरिरहेको नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले बताएका छन्।

उनले रुसी सेनालाई थप हतियार उपलब्ध गराइएको बताए । उनका अनुसार सैनिकको संख्या पनि वृद्दी भएको छ ।  रुसले छिमेकी जर्जियाबाट १,२०० देखि २,००० सेनालाई युद्धमा ल्याइरहेको बेलायतले बताएको छ।

मंगलबार रुसले युक्रेनमा आफ्नो आक्रमण घटाउने र डोनबासलाई मुक्त गर्नमा ध्यान केन्द्रित गर्ने बताएको थियो। रुसले युक्रेनमा आफ्नो नियत परिवर्तन गर्न असफल भएको नेटोका महासचिव एन्डर्स फोग रासमुसेनले आरोप लगाएका छन् ।

"हामी शहरहरूमा रूसी आक्रमणहरू पहिलेको दरमा जारी रहेको देख्छौं," उनले भने। रुसले नयाँ स्थानमा केही सेना पठाउँदैछ। हुनसक्छ यो डोनबासमा सेना बलियो बनाउन हो। ‘

रुसी आक्रमणमा कुनै कमी नआएको र आगामी दिनहरूमा यस्ता आक्रमणहरू बढ्न सक्ने नेटोले बताएको छ। बीबीसी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित