दरबार हाइस्कुलमा अन्तरक्रियात्मक शिक्षण बोर्ड सुचारू
- वर्ल्ड दैनिक
- २ साल अघि
- ५०६ पटक पढिएको
दरबार हाइस्कुलले बुधबार रोबोटिक्स प्रयोगशाला र अन्तरक्रियात्मक शिक्षण बोर्ड सुचारू गरेको छ । बुधबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रयोगशाला तथा बोर्डको उद्घाटन गरेका हुन् ।

महानगरबाट प्राप्त ३८ लाख रुपैयाँ अनुदान रकममध्ये २१ लाख ८७ हजार २७५ रुपैयाँमा ६ वटा इन्टरएक्टिभ बोर्ड र १४ लाख ६ हजार ९१८ रुपैयाँमा रोबोटिक्सका सामग्रीहरू खरिद गरिएका छन् । ती सामग्रीको प्रयोग गरेर विद्यार्थीले स्मार्टको नमुनासहित विभिन्न उपकरण बनाएका छन् । यस्तै, कक्षा सञ्चालन गर्दा शिक्षकहरूले इन्टरएक्टिभ बोर्ड सञ्चालन गर्न थालेका छन् ।
शिक्षकको निर्देशनमा विद्यार्थीले पनि बोर्डको प्रयोग गर्छन् । न्युज कारखाना
प्रतिक्रिया दिनुहोस