सुनको मुल्य प्रतितोलामा आज १०० रुपैयाँको वृद्दि
- वर्ल्ड दैनिक
- २ साल अघि
- २०८ पटक पढिएको
सुनको मूल्य तोलामा आज १०० रुपैयाँको वृद्दि आएको छ। सुन मूल्य आज १०० रुपैयाँले बढेर ९८ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा १०० ले बढेर तोलाको ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारको तुलनामा बिहीबार तोलामा १०० सय रुपैयाँले वृद्दि आएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य बढे तापनि चाँदीको मूल्य भने ओरालो लागेको छ ।
बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १३ सय ६० रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस