नेपालमा नयाँ शीतयुद्धको शुरुवात : डा. बाबुराम भट्टराई
- वर्ल्ड दैनिक
- २ साल अघि
- १२५ पटक पढिएको
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा नयाँ शीतयुद्धको शुरुवात भएको बताएका छन् ।
रिपोर्टस क्लबको २४औँ वार्षिकोत्सवका अवसरमा भट्टराईले विश्व राजनीतिसँगै बदलिँदो भूराजनीतिका कारण अमेरिका, चीन र भारतबीचको सम्बन्धले नेपालको आन्तरिक सम्बन्धमा असर पारेको बताएका छन् ।
पछिल्लो समय नेपालको छिमेकीको भूराजनीति परिवर्तन भएसँगै विश्व राजनीतिको भूराजनीति पनि परिवर्तन भएको उनले बताए ।
उनले नेपाल विश्वका शक्तिशाली राष्ट्रको चासोको विषय बनेको बताउँदै समयमै परिस्थितिको मूल्याङ्कन गरी राष्ट्रिय मुद्दामा राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा जोड दिए ।
साथै, पूर्वप्रधानमन्त्री भट्टराईले लोकतन्त्र अझै राम्ररी पूरा हुन नसकेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस