बेनीमा पार्किङ गरिएका दुई सवारीसाधनमा आगलागी

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३२७ पटक पढिएको

आज बिहान सडकमा पार्किङ गरिएका भ्यान र ट्याक्सीमा आगजनी भएको छ। बेनी–दरबाङ सडकखण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा रहेको दुई सवारीसाधनमा आगजनी भएको हो।

बिहान करिब ४ बजे सडकमा पार्किङ गरिएका  ध १ ज ९८६ नं को भ्यान र ध १ ज ७२६ नं को ट्याक्सीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार सवारी साधनमा आगलागी गर्ने व्यक्तिको पहिचान भएको छैन ।

बुधबार बेलुका करिब ७ बजे दुबै सवारीसाधन एक आपसमा ठोक्किएर सामान्य दुर्घटना भएपछि भएको क्षति दुबै पक्षले एकआपसमा व्यहोर्ने गरी मिलापत्र गराइएको थियो ।  दुबै सवारी साधनका धनी स्थानीयवासी नै भएकाले  तिनलाई डम्मरास्थित सडकमै पार्किङ गरिएकामा  आगलागी भएपछि घटना रहस्यमय बनेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित