रुसको रक्षा मन्त्रालयद्वारा मारियुपोलमा युद्धविरामको घोषणा
- वर्ल्ड दैनिक
- २ साल अघि
- २८७ पटक पढिएको
रुसको रक्षा मन्त्रालयले युक्रेनको शहर मारियुपोलमा युद्धविरामको घोषणा गरेको छ । युद्धविरामको सुरुवात बिहिबार बिहानदेखि लागु हुने भएको छ।

सर्वसाधारणलाई शहरबाहिर सुरक्षित निकाल्न सकियोस् भन्ने चाहनाले बिहिबार बिहानदेखि लागु हुने भएको हो । समाचार एजेन्सी एएफपीले बुधबार मन्त्रालयलाई उद्धृत गर्दै लेख्यो, ‘यस मानवीय अभियानको सफलताका लागि, हामी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त र रेड क्रसको अन्तरराष्ट्रिय समितिको प्रत्यक्ष संलग्नता प्रस्ताव गर्दछौँ ।’मारियुपोलदेखि जपोरजियासम्म मानवीय करिडोर स्थानीय समयानुसार बिहान १० बजे खुल्नेछ ।
यद्यपि, युक्रेनले यो घोषणाको विषयमा हालसम्म केही भनेको छैन ।
प्रतिक्रिया दिनुहोस