एमाले एक क्वीन्टल ढक : दुर्गा प्रसाई

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २७९ पटक पढिएको

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै चुनाव लड्ने हिम्मत नेपालमा कुनै पनि दलमा नभएको बताएका छन्। एमालेसँग एक्लै लड्न नसक्ने देखेर सत्तारुढ दलहरु चुनावी तालमेल गर्न बाध्य भएको अध्यक्ष ओलीले दाबी गरेका छन् ।

बुधबार भक्तपुरको सूर्यविनायकमा सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन कार्यक्रममा पार्टीका नेता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईले गठबन्धनले निर्वाचनमा बाधा पुग्ने कुरा नसम्झ्न पार्टीका नेता तथा कार्यकर्तालाई सचेत गराए ।

उनले एमाले एक क्वीन्टल ढकजस्तो भएको उल्लेख गरेका छन् । एकएक किलोको ढक रुपी पाँचदलीय गठबन्धनले आफ्नो पार्टीसँग प्रतिस्पर्धा गर्न नसक्ने पनि उनले बताए । कार्यक्रममा अध्यक्ष ओलीले आगामी निर्वाचनमा उनीहरुलाई गठबन्धन गरेर पनि एमालेलाई जित्न सकिदैंन भनेर देखाइदिने चेतावनी दिए।

उनले पाँच दलीय गठबन्धनलाई बच्चासँग तुलना गर्न पनि भ्याए । बच्चा भएकाले उनीहरुसँग आफ्नो पार्टीले निहुँरियर लडनुपर्ने अवस्था आउने ओलीको भनाई थियो। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित