सुनसरीको पशुपति बिस्कुटको उत्पादन १५ दिनका लागि स्थगित

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २७० पटक पढिएको

सुनसरीको दुहबीमा संचालित पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालिको उत्पादन १५ दिनका लागि स्थगित गरिएको छ। ओभन जोडिएका मेसिनहरुको मर्मतसम्भार र सरसफाइको उद्देश्यले उत्पादन स्थगित गरिएको कम्पनीको भनाइ रहेको छ ।

उक्त उद्योग अनिश्चितकालका लागि बन्द भएको भन्ने आशयबाट केही संचारमाध्यममा प्रकाशित समाचारप्रति  गम्भीर ध्यानाकर्षण भएको कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा ‘समाचारहरुमा उल्लेख भएजस्ता कारणले उद्योग बन्द भएको नभई केही दिनका लागि उत्पादन प्रक्रिया मात्र बन्द गरिएको हो । ओभनहरु जोडिएका मेसिनहरुको मर्मतसम्भार र सरसफाईको उद्देश्यले १५ दिनका लागि उत्पादन रोकिएको प्रष्ट पार्न चाहन्छौं’, भन्दै कम्पनीद्वारा प्रष्ट पारिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित