नेपालको लगातार दोस्रो जित
- वर्ल्ड दैनिक
- २ साल अघि
- २७९ पटक पढिएको
त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले मलेसियालाई ६ विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको छ ।
चार विकेटको क्षतिमा मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १३ ओभर ४ बलमा पुरा गरेको हो ।
नेपालको जितका लागि आसिफ शेखले ५७ रनको योगदान गरे । यसैगरी, सन्दीप लामिछानेले २ विकेट, कुशल मल्लले १ विकेट, दिपेन्द्र सिंह ऐरीले १ विकेट, करण केसीले २ विकेट र अविनास बोहराले १ विकेट लिए ।
मलेसियाका लागि जुबाइदीले १५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३२ रन बनाए । अहमदले ३८ बलमा ३ चौकाको मद्दतमा २४ रन जोडे ।
सेइद अजिजले १४, शर्भिन मुनियनडीले ९, मुहमद अमिरले १६, विजय उन्नीले ३ रनको योगदान गरे ।
प्रतिक्रिया दिनुहोस