नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १३७ पटक पढिएको

बुधबार अर्थात साताको चौँथो दिन शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।  बुधबार नेप्से  ४०.६८ अंकले बढेर  २५६८.२५ मा पुगेको छ ।

परिसूचक ४०.६८ अंकले बढेसँगै सबै समुहमा हल्का सुधार आएको छ । नेप्से परिसूचक दोहोरो अंकले बढेसँगै कारोबार रकममा पनि बृद्दी आएको छ । बुधबार कुल ४५ लाख २ हजार ५११ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँको कारोबार भएको छ ।

आज इमर्जिङ नेपाल लिमिटेडका शेयरधनीले सबैभन्दा धेरै कमाएका छन् ।

यद्दपि युनिलिभर लिमिटेडको शेयरमूल्य भने १८ रुपैयाँ ८० पैसा घट्दै ९२१ रुपैयाँ २० पैसामा झरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित