स्थायी शिक्षकका लागि आजबाट परीक्षा सुरु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २३६ पटक पढिएको

शिक्षक सेवा आयोगले स्थायी शिक्षक भर्नाका लागि मंगलबारबाट परीक्षा संचालन गरेको छ। १७ हजार २०० भन्दा बढी स्थायी शिक्षक नियुक्तिका लागि देशभर परीक्षा सुरु भएको हो ।

आज माध्यमिक तहको लिखित परीक्षा (सामान्य) को भएको जसमा प्रदेश १ को मोरङ, मधेस प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा परीक्षा केन्द्र तोकिएको छ ।

पहिलो चरणको लिखित परीक्षामा पास भएका उम्मेदवारलाई दोस्रो चरणमा विषयगत परीक्षामा सहभागी हुने मौका मिल्नेछ भने १७ चैतमा निम्न माध्यमिक तहको र १९ गते प्राथमिक तह र २१ गते आन्तरिक बढुवा तर्फको परीक्षा हुने आयोगले जनाएको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित