युक्रेनी बालबालिकाका सहयोगका लागि रजत पदक लिलामीमा
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३१४ पटक पढिएको
रजत पदक विजेता पूर्व ओलम्पिक साइक्लिस्ट टोनी मार्टिन युक्रेनका बालबालिकालाई सहयोग गर्न आफुले जितेको पदक लिलामीमा राखेका छन् । जर्मन नागरिक मार्टिनले २०१२ लन्डन ओलम्पिकमा रजत पदक जितेका थिए।
उनले रुसी आक्रमणबाट विस्थापित युक्रेनी बालबालिकाका लागि पैसा जुटाउन पदक लिलामीमा राखेका हुन् ।
सन् २०२१ मा सन्यास लिएका मार्टिनले लिलामीबाट उठेको रकम बालबालिका तथा उनीहरुको परिवारलाई सहयोग गर्ने बताएका छन् ।
रसिया-युक्रेन युद्दका कारण युक्रेनमा ४० लाखभन्दा बढी बालबालिका विस्थापित भएको अनुमान गरिएको छ । पदकको लिलामी अप्रिल ९ तारिखसम्म अनलाईनमार्फत हुने छ।
प्रतिक्रिया दिनुहोस