मानिसको रगतमा प्लास्टिकको टुक्रा भेटियो
- वर्ल्ड दैनिक
- २ साल अघि
- १७५ पटक पढिएको
हालै नेदरल्यान्डका वैज्ञानिकहरुले गरेको अनुसन्धानमा मानिसको रगतमा पनि प्लास्टिकको टुक्रा भेटिएको छ। वैज्ञानिकहरुका अनुसार उक्त टुक्रा देख्नमा अत्यन्त सानो वा माइक्रो प्लास्टिक देखिन्छ। २२ जना मानिसको रगत लिई गरेको अध्ययनमा १७ जनाको रगतमा प्लास्टिकको अंश पाइएको छ। यो अवस्था अत्यन्त चिन्ताजनक र आपत्तिजनक भएको बताइएको छ ।

रगतमा देखिएको प्लास्टिकको टुक्रा सानो आकारको भएकाले म्याग्नीफाइ ग्लास प्रयोग गरेर मात्र देख्न सकिन्छ। देखिएका टुक्राहरु पानी, खानाको सामान र जमिनको सतह रहने गर्छन र येसैको माध्यमबाट शरीरमा प्रवेश गर्छ।
वैज्ञानिकहरुले गरेको उक्त अनुसन्धानमा ५ किसिमका प्लास्टिकहरु देखिएको छ। अनुसन्धानको अवधिमा देखिएको प्लास्टिकहरु पोलिमेथाइल मेथेक्रिलेट, पोलिप्रोपाइलिन, पोलिस्टाइनिस, पोलिथाइलिन र पोलिथाइलिन टेरेफ्थेलेट रहेका छन्।
माइक्रोप्लास्टिकको यी अंशहरु मानिसको पूरै शरीरमा पनि जानसक्ने भएकाले यो अवस्थामा चिन्तित हुनु आवश्यक भएको नेदरल्यान्डको ब्रिजे युनिभर्सिटी एम्सटर्डमका प्राध्यापक डिक भेथाकले बताएका छन्। उनले यो एक ज्यानै जान सक्ने बिरामीको कारण बन्न सक्ने भन्दै अझै पनि यो विषयमा थप अनुसन्धानको आवश्यकता भएको उल्लेख गरेका छन्।