गोर्खा जिल्लामा ४९ हजार ५ सय २० मतदाता थपिए

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०८ पटक पढिएको

गोर्खा जिल्लामा ४९ हजार ५ सय २० मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गोर्खामा २ लाख १८ हजार ५६३ मतदाता हुनेछन् ।

निर्वाचन कार्यालयका अनुसार बि.स. २०७४ को निर्वाचनमा १ लाख ६९ हजार ४३ मतदाता रहेका थिए । आउँदो स्थानीय चुनावमा गोर्खामा पुरुषभन्दा महिला मतदाता बढी छन् । निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले १ लाख १० हजार ३ सय ३ महिला र १ लाख ८ हजार २ सय ६० पुरुष रहेको जानकारी दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित