विवेकशील साझा पार्टी कार्यालयमा तनावको अवस्था सिर्जना

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०० पटक पढिएको

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको विरोधी पक्षले पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्न खोजेपछि तनावको अवस्था सिर्जना भएको छ ।

असन्तुष्टहरूले सोमबार बैठक बसेर अध्यक्ष मिश्रलाई कारबाही नगर्नुका कारण तीन दिनभित्र स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए । यसबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा ११ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

कार्यक्रम रोक्न अध्यक्ष मिश्रको पार्टीले पार्टीको केन्द्रीय कार्यालय कर्मचारीबाहेक सबैका लागि बन्द गर्ने सूचना जारी गरेको छ । अनाधिकृत व्यक्तिले कार्यक्रम आयोजना गर्न खोजेको जोखिमका कारण कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको सूचनामा उल्लेख छ ।

कार्यालय बन्द गरेपछि असन्तुष्ट दलका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । असहज अवस्था सिर्जना भएपछि प्रहरी पनि परिचालन गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित