‘आरआरआर’ सिनेमा हेर्दाहेर्दै एक दर्शकको मृत्यु
- वर्ल्ड दैनिक
- २ साल अघि
- २४९ पटक पढिएको
एसएस राजामौलीको बहुप्रतिक्षित चलचित्र ‘आरआरआर’ सिनेमाघरमा प्रदर्शनमा आइसकेको छ । फिल्ममा रामचरण, जुनियर एनटीआर, अजय देवगन र आलिया भट्ट मुख्य भूमिकामा छन्। यसैबीच, चलचित्रको विहानी शो हेर्न गएका एक दर्शकको मृत्यु भएको छ । भारतीय मिडियाका अनुसार हृदयघातका कारण उनको मृत्यु भएको हो ।

मिडिया रिपोर्टका अनुसार ओबुलेस नामका ३० वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई आन्ध्र प्रदेशको अनन्तपुरमा रहेको सिनेमा घरमा मृत घोषित गरिएको थियो । लामो समयसम्म उनको मुटुको धड्कन बन्द भएपछि उनका साथीहरूले उनलाई नजिकैको अस्पताल लगेका थिए। तर अस्पताल पुगेपछी चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
चलचित्र जगतमा ‘आरआरआर’ ले नयाँ कीर्तिमान राखेको छ ।रिलिजअघि नै फिल्मले स्याटेलाइट र म्युजिक राइट्स बेचेर करिब ८०० करोड कमाइसकेको दाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस