भुर्तेलले बनाए नयाँ रेकर्ड

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २२१ पटक पढिएको

कुशल भुर्तेलले टी–२० क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५०० रन पूरा गर्ने खेलाडीको रुपमा आफ्नो नाम दर्ता गरेका छन् ।

सोमबार त्रिवि क्रिकेट मैदानमा पपुवा न्यू गिनी विरुद्धको खेलमा भुर्तेलले विश्व कीर्तिमान बनाएका हुन ।

भुर्तेलले पीएनजीविरुद्ध २० रनमा आउट हुनुअघि ५०० रन पूरा गरेका थिए। भुर्तेलले १२ खेलबाट उक्त कीर्तिमान पूरा गरेका हुन् ।

यस अघि १३ खेलमा ५०० रन बनाएका भारतीय ब्याटर के एल राहुलको नाममा उक्त कीर्तिमान रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित