राजतन्त्र पुनर्स्थापनाको सम्भावना समाप्त : कमल थापा
- वर्ल्ड दैनिक
- २ साल अघि
- १६६ पटक पढिएको
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राप्रपाका अध्यक्ष कमल थापाले नेपालबाट राजतन्त्र पुनर्स्थापनाको सम्भावना समाप्त भएको बताएका छन् ।
सोमबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले विगत १५ वर्षको राजनीतिक परिवर्तन र पार्टीप्रति पूर्वराजाको आक्रामक सोचका कारण राजतन्त्र पुनर्स्थापनाको सम्भावना समाप्त भएको बताएका हुन् ।
राजतन्त्रको पुनर्स्थापना राजनीतिक दल र नेपाली जनताले गर्ने भए पनि पूर्वराजाले आफ्ना भावना सार्वजनिक गर्दा मात्रै पार्टीप्रति वितृष्णा फैलाएकाले राजतन्त्रको पुनस्र्थापनाको सम्भावनालाई अस्वीकार गरिएको अध्यक्ष थापाले बताए ।
राजतन्त्र पुनर्स्थापनाको वकालत गर्ने एक मात्र दल राप्रपामा पूर्वराजा र सचिवालयको हेराफेरीका कारण आफू नयाँ दिशामा अघि बढेको उनले स्पष्ट पारे ।
थापाले आगामी स्थानीय निर्वाचनबाट खासै अपेक्षा नगरे पनि देशका सबै स्थानीय तहमा राप्रपा नेपालका उम्मेदवारले प्रतिस्पर्धा गर्ने जानकारी दिए ।