चितुवाको छाला सहित पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १९२ पटक पढिएको

ललितपुर, चितुवाको जस्तो देखिने ७ फिट ३ इन्च लम्बाई र ३ फिट ९ इन्च चौडाई भएको छाला सहित काठमाडौं सामाखुसी गणेशस्थान डेरा गरी बस्ने वाग्लुङ तमान गाउँपालिका-४ वतन भएका २७ वर्षीय नर बहादुर गौतमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  

ललितपुर महानगरपालिका-३ पुल्चोकस्थित ललितपुर महानगरपालिकाको भवन अगाडि सडकमा बा २ ज ४९५१ नम्बरको ट्याक्सीमा सवार नर बहादुरलाई प्रहरीले जाँच गर्नेक्रममा बोराभित्र प्लाष्टिकले बेरी राखेको उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । नेपाल प्रहरी 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित